रवि लामिछानेले विदेशी ।
नागरिकता त्यागेको ‘निस्सा’ अमेरिकालाई सोध्ने कि काठमाडौंमै खोज्ने ? रवि लामिछानेको नागरिकताबारे अनुसन्धान थालेको प्रहरी अमेरिकी दूतावासको जवाफको पर्खाइमा (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली बंशज नागरिक हुन् भन्नेमा शंका छैन ।
उनी नेपालमै जन्मेर हुर्केका बंशजका सन्तान हुन् । उनी हुर्केपछि पछि अमेरिका गए, सपरिवार उतै बसे । उतैको नागरिक बने । अमेरिकाकै नागरिकता लिए । उतैको पासपोर्ट लिए ।अमेरिकी नागरिक बनिसकेपछि लामिछानेको नेपाली नागरिकता कानूनअनुसार स्वतः खारेज भयो ।
बंशज नेपाली नागरिक रहेका लामिछाने त्यसपछि गैरआवासीय नेपाली (एनआरएन) बने ।विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनुपर्छ र देशमै केही इलम गर्नुपर्छ ।
भन्ने भावना आम नेपालीमा पाइन्छ । युवाहरु विदेशिने प्रचलन रोकिनुपर्छ र स्वदेशमै बस्ने वातावरण बनाइनुपर्छ भन्ने नारा बारम्बार लाग्दै आएको छ ।