बालगायिका कमला ।
घिमिरेले सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै माफी मागेकी छिन् । आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका घिमिरेले क्षमायाचना गरेकी हुन् ।अन्जानमा गल्ती भएको भन्दै कमलाले माफी मागेकी मात्र छैनन्,।
अहिले आफूले गाएको दोहोरीलाई लिएर गरिएको हल्लाका कारण आफू छक्क परेको पनि बताएकी छिन् ।उनले आफूले गाएको गीतलाई लिएर अनेक चर्चा गरिएको भन्दै त्यसलाई बुझिएको तरिका गलत भएको पनि बताएकी छिन् ।
आफूहरुले डलरका लागि भनेर सोचेर, सम्झेर स्क्रिप्ट तयार पारेर र कसैलाई बर्बादै पार्नका लागि दोहोरी नगाएको पनि उनले बताएकी छिन् ।उनले अहिले गरिएको हल्लाका कारण आफू अझ बढी दुखी भएको र छक्क परेको पनि आफ्नो स्टाटसमा उल्लेख गरेकी छिन् । कमला र गायक सुमन ।
परियारले गाएको लाइभ दोहोरीले गायिका समीक्षा अधिकारीलाई चोट परेको भन्दै यस विषयमा अहिले व्यापक रुपमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ । कतिपयले गीतको निकै चर्को आलोचना पनि गरेका छन् ।
यो गीतका कारण अहिले समीक्षालाई पर्न गएको असर, दिदीको आत्मसम्मान र असरप्रति हृदयदेखि नै माफी मागेको उल्लेख गरेकी छिन् । अनि उनले आफूलाई सानी बहिनी सम्झिएर माफी गरिदिन अनुरोध गरेकी छिन् । साथसाथै उनले आइन्दा यस्तो गल्ती नहुने पनि उल्लेख गरेकी छिन् ।