Friday, June 9
Shadow

दुर्गा प्रसाईले छोडे एमाले !

काठमाडौं ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य एवं व्यवसायी दुर्गा प्रसाईले आवश्य परे एमाले छोड्न तयार रहेको घोषणा गरेका छन् ।नेपाललाई हिन्दु राज्य बनाउन र संघियता खारेज गर्नका लागी जस्तो सुकै कदम चाल्न तयार रहको भन्दै ।

 

 

 

प्रसाईले एमालेले सहयोग नगरे पार्टीनै छोडिदिने उद्घोष गरेका छन् । यो देशले अब संघियता धान्न नसक्ने भन्दै उनले संघियता खारेजीको आभियान चलाउन लागेको बताएका छन् ।एक टेलिभिजन अन्तर्वाताका क्रममा एमाले केन्द्रिय सदस्य प्रसाइले विदेशीको डिजाइनमा नेपालमा धर्म निरपेक्षता र संघियता लादिएको दाबी गरे ।

 

 

हिन्दु राज्य हटाउन भूमिका खेल्नेहरु सबै पास्टर भएको पनि उनले आरोप लगाएका छन् ।संघियता खारेजी र हिन्दु राज्य स्थापनाका लागी एमाले पार्टीले कारबाही गरेछ भने कारबही गर्ने सुँइको पाउने वित्तिकै राजिनामा दिएर बाहिरिने घोषणा पनि उनले गरेका छन् । एमालेले कारबाही गर्ने सुइँको पाए भने पहिलेनै राजिनामा दिएर हिड्छु मलाई पार्टी चाहिएन ।

 

प्रसाईले भनेका छन् ।संघियता खारेज गराएर हिन्दु राज्य पुनस्थापनाका लागी झापाको मेची पुल देखी काठमाडौँ सम्म पैदल यात्रा गर्न लागेको पनि उनले बताएका छन् । रथमा होइन पैदल हिँडेर झापा देखी काठमाडौँ सम्म आएर ठूलो अभियान चलाउने उद्घोष उनले गरेका छन् ।