अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)

News

नेपालको गण्डकी प्रदेश,।

 

तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ।मन्दिर भित्र भएको विशाल शीलालेखलाई ।

नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ।अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, ।

बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन्।

यी मन्दिरको महिमा बुझेर योगी नरहरि नाथको सक्रियतामा २०५५ सालमा ८५ औं कोटीहोम लगाइएको थियो यसै गरी श्री अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न ।

धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा २०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गतेसम्म भएकोश्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ, रुद्रभिषेक, सप्तशति, पाठ  परायण, हवन, तुलादान, ।

विषुशान्ति तथा ज्ञानमहायज्ञमा प्रखर कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको सो कार्यक्रममा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published.