Friday, June 9
Shadow

आफ्नै क्षेत्रमा बिहेभोज खाँदा २०० बिरामी भएपछि रबी फिल्डमै पुगेर गरे सबै शील !

चितवन गार्डेन रिसोर्टमा ।

 

बिहे भोज खादा २ सय जनाभन्दा बढी बिरामी भएपछि रवि लामिछानेले ए’क्सन लिदै गराए शील (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)काठमाडौं । चितवन गार्डेन रिर्साेटमा बिहे भोज खाएका २०० जना भन्दा बढी बिरामी भएका छन् ।

 

रिर्साेटमा २३ गते शुक्रबार भोज खाएकाहरु बिरामी भएर अहिले उपचार गराइरहेका छन् । बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरिएको छ ।वाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी रिसोर्टमा शील गरिएको हो ।

 

 

नवलपुरको गैंंडाकोट १ का गणेश ढकाल र भरतपुर १० की सरष्मिा अधिकारीका बिहेमा संलग्न भएका ५२६ जनामा २०० भन्दा बढी बिरामी भएका हुन् । अधिकांश बिरामीहरुलाई भर्ना गरेर उपचार गराइरहेका छन् ।चितवन क्षेत्र नं।२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।

 

बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए ।

 

बिहे भोज खाएका दुई सयभन्दा बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको थियो । घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल,ेले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भए कारबाही गर्ने बताएकी छन् ।