Monday, January 30
Shadow

प्रचण्ड भन्छन्- बाबुरामजी र म मिलेर अर्को नयाँ खालको जनयुद्ध गर्छौं

‘बाबुरामजी ।

 

 

मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ ।

 

 

भन्ने निष्कर्षमा पुगेका छौं ।’पहिलेको जनयुद्धका लागि बाबुराम र आफूले ठूलै छलफल गरेको अध्यक्ष प्रचण्डले बताए । ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ । हामीले ठूलो कमिटमेन्ट गरेका थियौं ।धेरै त्यो असम्भव कुरा हो ।

 

 

पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो,’ उनले भने ।अहिले चुनावमा मिलेर मात्रै जाने निर्णय भएपनि चुनावको कुरा खास्सै महत्वपूर्ण नरहेको पनि अध्यक्ष प्रचण्डको भनाई छ ।

 

 

‘हुन त अहिले चुनावमा मिलेर जाने, यौटै चुनाव चिन्हमा लड्ने भनेर भनेका छौं ।तर हामी त्यत्तिमै सीमित हुँदैनौं । चुनावभन्दा माथि उठेर देशको समृद्धिको र विकासको नयाँ वाहक बन्ने टिम बनाउने निष्कर्षमा पुगेका छौं,’ अध्यक्ष प्रचण्डले भने ।

 

 

बाबुराम र आफूले हरेक दशकमा एउटा–एउटा काम गरेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘एक दशकमा हामीले जनयुद्धको योजना बनायौं, अर्को दशक जनयुद्ध ग¥यौं । त्यस पछिको दशक नयाँ प्रयोग गर्नमा लगायौं, त्यसबाट केही पार लागेन् ।