Friday, June 9
Shadow

अन्तत: रेशम चौधरी लगायतका विद्रोहीहरूको चम्कियो भाग्य, सरकारले दियो आममाफी !

अन्तत: ।

 

रेशम चौधरी लगायतका विद्रोहीहरूको चम्कियो भाग्य, सरकारले दियो आममाफी !सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएको छ।

 

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत लाई आममाफी दिन अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए।मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने।

 

प्रावधान राख्न लागिएको ती मन्त्रीले सेतोपाटीलाई बताए। दफा ११६मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख गरिएको छ।सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो।

 

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो।उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको साहारा लिएको हो।

 

त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन।