Sunday, March 26
Shadow

पुष्पाले मृ’त्यु अघि बनाएका यति राम्रा भिडियोहरु बने टिकटकभरी भाइरल (भिडियो सहित)

काठमाडौ-।

 

धुम्बाराहीका २९ वर्षीय सुधन संग्रौलासँग नुवाकोट घर भई काठमाडौंको बुद्धनगर बस्ने २७ वर्षीया पुष्पा न्यौपानेको गत भदौ १८ मा इन्गेजमेण्ट भयो । सोही दिन पुष्पाको जन्मदिनसमेत थियो । जन्मदिनको अवसर पारेर ।

 

उनीहरुको इन्गेजमेण्ट भएको थियो ।इन्गेजमेण्ट भएसके पनि विवाह कहिले गर्ने भन्नेबारे मिति तय भइसकेको थिएन । यसैक्रममा पुष्पाले आइतबार साँझ धुम्बाराहीस्थित पीपलबोट नजिक युवकको घरमै पुगेर पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्।

 

आगोले जलेर गम्भीर घाइते भएकी न्यौपानलेलाई उपचारका लागि तत्कालै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो ।जलेर घाइते भएकी उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरियो ।

 

उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।