व्यवसायिक केन्द्र ।
र घनाबस्तीका कारण चहलपहल रहने बागबजार क्षेत्रबाट महानगरपालिकाले पार्किङ हटाएपछि मिश्रित प्रतिक्रिया आएका छन् । पार्किङ हटाउँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो स्थानीय व्यवसायीहरुको छ।
भने पैदलयात्री खुसी भएका छन् ।विगत २७ वर्षदेखि पार्किङ्गको रुपमा उपयोग हुँदै आएको बागबजार क्षेत्रलाई ट्राफिक प्रहरीले यतिबेला खाली गरेको छ ।
खाली गरेसँगै आफ्ना ग्राहक भड्किने त्रास व्यवसायीको छ । व्यवसायी मध्येकै केही भने यसले सुधार ल्याउने भन्दै आशावादी छन् ।
सडक भनेको सवारी साधन गुडाउन भएको र त्यहाँ कुनै सवारी साधन पार्किङ्ग गर्न नमिल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ ।