बुधबार , जेठ ४, २०७९

साउदीमा कोठाभित्र बि’रामी अवस्थामा छ’ट्पटाइरहेका रानाको उद्धार

माघ १०, २०७८ सोमबार 204

काठमान्डौ ।

सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ ।कोठामा ग’म्भीर अवस्थामा छ’ट्पटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशन मा सरकारी अधिकारीहरू उनको उ’द्धारमा जुटेका हुन् ।राना पीडाले छ’ट्पटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि आज रियादस्थित नेपाली ।

दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली सो स्थानमा पुगेको थियो ।टोलीले उनको स्वास्थ्यावस्थाबारे जानकारी लिएको श्रम मन्त्रालयले जनाएको छ ।श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पताल लगेको छ ।

दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमि  कलाई दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो ।आठ मध्ये एकजना नेपाल फर्किसकेका छन् । अन्य छजना मङ्गलबार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उ’जुरी रहेकाले केही समय लाग्ने दूतावसाले जनाएको छ ।

राना बि’रामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि दूतावासले आज नै अध्यागमन कार्यालयलाई पत्राचारसमेत गरेको थियो । उपचारपश्चात् रानाको स्वास्थ्यावस्था सामान्य रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्