Tuesday, November 29
Shadow

स्वतन्त्र पार्टीबाट विजय, राजेश हमाल र धुर्मुसले चुनावमा लड्ने घोषणाले देशभर छायो खुशियाली !

काठ्मन्डौ।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि त्यसको साइड इफेक्ट संघिय निर्वाचनमा पनि पर्ने देखिएको छ ।प्रतिनिधीसभाको निर्वाचनका लागी अहिलेनै स्वतन्त्र उमेदवारी दिने होडबाजी चलेको छ।

स्वतन्त्रकोहरुको संजालनै बनाएर निर्वाचनमा होमिने तयारी एउटा टिमले गरेको छ जसमा आफ्नै पार्टी खोलेर राजनितीमा आएका रवि लामिछाने देखी रञ्जु दर्शना सम्म रहेका छन् ।यता आफ्नै पार्टी खोलेर राजनिती गरिरहेका रमेश खरेलले पनि काठमाडाँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्ने ।

घोषणा गरेका छन् ।चर्चित संचारकर्मी रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीसहित ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनले ७ गते विशेष कार्यक्रमको आयो जनासमेत गरेका छन् ।

जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने भएकी छिन् ।