काठमाडौ।
भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन्। उनले भनेका छन्,‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिडी राष्ट्रियता हो।
भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाउनले अगाडि भने,‘मातृभाषा विश्वका सबै समाजको जीवन हो। राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ।
यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ।
उनले मातृभाषालाई मुटु भन्दै अगाडि भन्छन्,‘मातृभाषा मानवजीवनको मुटुको स्पन्दन हो। भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ।
नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****