Friday, June 9
Shadow

नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले दिइन् राजीनामा

काठमाडौं ।

 

नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले राजीनामा दिनु भएको छ । उहाँले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनु भएको हो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा दिनुभयो ।

 

डा. कार्की गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ललितपुर–३ बाट निर्वाचित हुनु भएको छ । तर, काउन्सिलको सदस्य पदबाट राजीनामा नदिँई उम्मेदवार बनेको भन्दै उजुरी परेको थियो ।

 

निर्वाचन आयोगले उहँको उम्मेदवारी खारेज पनि गरेको थियो ।तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेद वारी कायम रहने आदेश जारी गर्यो ।

 

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्र साद अधिकारीले डा. कार्कीको राजीनामाबारे पुष्टि गर्नुभएको छ । कार्कीले आइतबार काउन्सिलमा पुगेर राजीनामा दिनु भएको हो ।

 

 

अधिकारीका अनुसार आइतबार उहाँको राजीनामा पत्र पुगेको छ । सो पत्रलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।