राष्ट्रिय स्वतन्त्र पार्टीका ।
सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।गृहमन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाण्डू हुँदै प्रहरी परिसर पुगेको उक्त उजुरी प्राप्त भएसँगै ।
अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी दिनेशराज मैनालीले पुष्टि गरेका हुन्।अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि अनुसन्धानका क्रममा विभिन्न निकायको परामर्श लिइने उनले बताए।
अबको प्रक्रिया के हुन्छ भन्ने प्रश्नमा एसपी मैनालीले भने, ‘उजुरी सहित को पत्र आएपछि अनुसन्धानका क्रममा हामी अब विभिन्न निकायमा यसबारे पत्राचार गर्छौँ। सरकारी वकिलहरूको पनि राय परामर्श लिएर प्रक्रिया अगाडि बढ्छ।
’चितवन क्षेत्र नम्बर दुईबाट ठूलो मतअन्तर सहित निर्वाचित भइसकेका लामिछानेविरुद्ध चुनाव सकिएको पर्सीपल्ट मंसिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुन अनुसार कारबाही गर्न माग गर्दै उजुरी पेश भएको थियो।