Monday, January 30
Shadow

रवि लामिछाने हामीले गरेको कामलाई मिडियाबाजी गरेर चर्चामा आउने काम गरे: रेणु दाहाल

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा ।

 

 

 

 

निर्वाचित भएपछि रवि लामिछाने घरदैलोका क्रममा सुनेका समस्यालाई सम्बोधन गर्ने क्रममा टोल–टोलमा पुगेका छन्।धर्मचोक सडक मर्मत, ठिमुरा मोटर पुल निर्माण, ठिमुरा रामनगर खानेपानी समस्याका विषयमा उनले जनताको उपस्थितिमा सरोकारवालालाई बोलाएर छलफल थालेका छन्।

 

रामनगरमा पानीको समस्या भएको गुनासो आएपछि गाउँलेको उपस्थितिमा पानी ट्याङ्कीआसपास सरसफाइसमेत भएको छ। जब रवि फिल्डमा उत्रिए अब रामनगरवासीले सहजै खानेपानी पाउने भए भन्ने विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक भयो।

 

स्थानीय सरकार भरतपुर महानगरले रविको कामबारेको यस विषयलाई तत्कालै प्रतिक्रिया दियो। महानगरपालिकाले रामनगरमा बृहत् खानेपानी आयोजना अघि बढाएको भनी रविको काममा काउन्टर दिएको छ।

 

एडिबीको सहयोगमा हाल डिपिआरको काम भइरहेको भन्दै महानगरले सस्तो लोकप्रियताका लागि काम गरेको टिप्पणीसमेत गरेको छ।रविको यो कामलाई केहीले स्टन्ट भनेका छन् भने केहीले जनताको समस्याको सुनुवाइ हुन ।

 

थालेको प्रतिक्रिया दिएका छन्। तर, महानगर प्रमुख रेनु दाहालले रामनगरको खानेपानी समस्याका लागि संघीय बजेट नै व्यवस्था भएकोले झूटो प्रचार नगर्न आग्रह गरिन्।पूर्वमन्त्रीसमेत रहेका चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य विक्रम ।

 

 

पाण्डे चुनाव जितेपछि केही दिन विजय ¥यालीमा सहभागी भए। त्यसपछि उनी पनि रविकै शैलीमै फिल्डमा उत्रिए। भरतपुरबाट मेघौली जाने चनौली–ज्योतिनगर–चाँदनी चोकको सय मिटर बाटो अलपत्र परेकोमा पाण्डेको निर्देशनअनुसार काम सुरू भनेर फोटोसहित सामाजिक सञ्जालमा व्यापक बनाइयो।