यथार्थमा सीता दाहालको ।
जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । उहांले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब किसान परिवारको केटासँग ।
विवाह बन्धनमा बाँधिएपछिका एकपछि अर्को घटनाक्रमहरु आफैंमा तिलस्मी लाग्नेखालका छन् । तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसकै दुई परिवारका बीचमा मध्य तराईको चितवनमा झरेपछि पारिवारिक नाता गाँसिन्छ ।
पढेलेखेको केटोसंगको विवाह सुखद होला भनेको झण्डै लावारिस जस्तो बन्न पुग्दछ सीता दाहालको जीवन ।आफूभन्दा ६ महिना कान्छो केटो पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेल दाहल परिवारमा बुहारी बन्न पुग्छिन् ।
संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए । सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे ।