Sunday, March 26
Shadow

निर्वाचनमा नराम्रो सगँ पछारियो लज्जित छु: प्रचण्ड

नेकपा माओवादी केन्द्रका ।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको परिणामप्रति खुसी व्यक्त गर्दै प्रतिनिधि सभाको परिणामाप्रति भने असन्तुष्टि व्यक्त गरेका छन्।पदाधिकारी बैठकअघि सम्बोधन गर्दै प्रचण्डले प्रदेशको परिणाम सन्तोषजनक रहे पनि।

 

प्रतिनिधि सभाको परिणाम अनपेक्षित रहेको बताएको सचिव गणेश साहले बताए।प्रदेशतर्फको परिणाम हेर्दा सन्तोषजनकै छ। प्रतिनिधि सभामा हामी नराम्ररी किन खुम्चियौं, निर्मम समीक्षा र सुधारको खाँचो छ,’ प्रचण्डले भनेका थिए।

 

प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने सात वटा प्रदेशसभामा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ५३ सिटमा विजयी भएको छ।प्रचण्डले सम्बोधन गरेपछि चुनावी परिणामसहित सरकार गठनका संवभानाबारे छलफलका लागि ।

 

पदाधिकारीहरूले धारणा राख्नेक्रम सुरू भएको थियो।शनिबारको बैठकमा महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसालले धारणा राखेका थिए।