काठमाडौं ।
निर्वाचनको अन्तिम मत परिणाम आउन अब केहि ठाउँको मात्रै बाँकी रहेको छ । सँगसँगै सरकार गठनको गृहकार्य पनि सुरु भएको छ । नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउनका लागी एक जुट भएका दलहरु गठबन्धन गरेरै चुनावमा गएका थिए ।
उक्त गठबन्धन अब कायम रहला की नरहला भन्ने चासो देखिएको छ ।गठबन्धन कायम रहने हो भने कसको नेतृत्वमा सरकार बनाउने भन्ने बिषय पनि निकै पेचिलो बन्ने देखिएको छ । नेपाली काग्रेस सबैभन्दा ठूलो पार्टी भएका कारणले काग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्ने दाबी काग्रेस नेताहरुले गरेका छन् ।
भने माओवादी केन्द्रका नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने बताइरहेका छन् ।केपी ओलीले प्रधानमन्त्री नबनाएकै कारण नेकपा पार्टीनै फुटाएर देउवाको शरणमा पुगेका प्रचण्ड यो पटक जसरी पनि प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् ।
प्रधानमन्त्री भएर युगनै परिवर्तन गराउने कुरा गर्ने गरेका प्रचण्डलाई प्रधानन्त्रीको कुर्सि भने निकै टाढा भएको चर्चा छ ।कुनै पनि महत्वपुर्ण निर्णय गर्नु अघि सिन्धुपाल्चोकको सुकुटे पुग्ने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बुधवार साँझ सुकुटे पुगेका छन् ।
सुकुटेबाट प्रचण्डले कस्तो मुड बनाएर आउने हुन् भन्ने चासो राजनितिक वृतमा देखिएको छ ।जसरी पनि प्रधानमन्त्री बन्ने खेलमा लागेका प्रचण्डले आफु प्रधानमन्त्री बन्ने अवस्थामा गठबन्धन कायम गरे ।
पनि प्रधानमन्त्री बन्न नपाउने अवस्थामा कस्तो कदम चाल्ने हुन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री बन्न पाए मात्रै गठबन्धनमा रहने नत्र टाटा बाई बाई गर्ने पक्षमा प्रचण्ड रहेको बताइएको छ ।