नेपाली फिल्म ‘भागवत गीता’का लागि अभिनेताको खोजी भइरहे को छ। फिल्ममा नायिका सुहाना थापाको जोडी कलाकारका लागि अडिसन खुला गरिएको छ।
फिल्ममा सुहानाको जोडी बन्न २०–२५ वर्ष उमेर समूहका युवाले आवेदन दिन पाउने छन्। आगामी वैशाख १ मा रिलिज मिति लक गर्दै फिल्म निर्माण गरेका निर्माता सुनिलकुमार थापाले अभिनेता नहुँदा फ्लोरमा जान पाएका छैनन्।
झरना थापाको निर्देशनमा बन्ने यो फिल्ममा विभिन्न चरणमा नाम चलेको केही अभिनेताको नाम जोडियो। तर उनीहरू फिल्ममा का मगर्न तयार भएनन्। त्यसैले फिल्मको छायांकन सुरु हुन् सकेको छैन।
फिल्मका लागि बाल कलाकारको पनि खोजी भइरहेको छ। फिल्ममा बालकलाकारको भूमिका निर्वाहका लागि ८–१० वर्षका बालकले अडिसन दिन पाउने छन्।
अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडिओ बनाउँदै सुहाना इन्टरटेन्मेन्टको मेलमा पठाउन पर्नेछ।