Friday, June 9
Shadow

कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुँदैन : महेश बस्नेत

काठमाडौं :

 

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरले पूर्वत यारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेकोप्रति टिप्पणी गरेका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर कठ्यांग्रिदो ।

 

जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने टिप्पणी गरेका छन् ।बस्नेतले लेखेका छन्, ‘कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुदैन । म फेरी पनि भन्छु उचित समय बिना विकल्प र बिना क्षतिपूर्ति,।

 

गरिब, सुकुम्बासी र साना ब्यबसा यीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि विचरा नगर प्रहरीहरु घाइते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुँदैन ।

 

उनले निर्वाचनको परिणामा अन्तिम चरणमा हुँदै गरेको र नयाँ सरकार बन्ने अवस्थामा भएको यस किसिमका हर्कत कसैको स्वार्थपूर्तिका निम्ति भइरहेको आरोप पनि लगाएका छन् ।