Friday, June 9
Shadow

रामकुमारी झाक्रीले देखाइन औकात, चुनाव हारेपछि ठाउँको ठाउँ पार्टी चेन्ज !

नेकपा (एकीकृत समाजवादी)।

 

की सचिव रामकुमारी झाक्रीले एमाले नेतासँग तस्बिर सार्वजनिक गर्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी छिन्। झाक्रीले एमाले उपमहासचिव विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँग तस्बिर सोमबार फेसबुकमा राख्दै ।

 

त्यसमा सन्देश रहेको उल्लेख गरेकी हुन्।उनीहरूको भेट भैरहवा विमानस्थलमा भएको थियो। तस्बिरबारे एमाले नेता भट्टराईले सेतोपाटीसँग भने, ‘विमानस्थलमा भेटपछि सामान्य कुराकानी मात्रै भयो। विशेष केही छैन।’गुल्मी-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी झाक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।यसैगरी केहि समय अघि मात्र झाक्रीले म एमाले नै हुँ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

 

उक्त समयमा नेकपा एमालेको विभाजनका बेला एउटा तस्बिर आइकोनिक बनेको थियो ।युवा नेतृ रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हातमै समातेर पार्टी दर्ताका लागि निर्वाचन आयोगतर्फ डोर्याएको दृष्य फोटोग्राफरले कैद गरेका थिए ।उक्त तस्बिरको विभिन्न ढंगले व्याख्याहरू भए ।

 

झाँक्रीलाई समग्र युवापुस्ताको प्रतिनिधि मानियो, जसले हिम्मतसाथ पुरानो पुस्ताको नेतालाई दिशानिर्देश गरिरहेकी थिइन् ।