Monday, June 5
Shadow

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन( भिडियो हेर्नुहोस्)

काठमाडौं ।

 

महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ।

 

ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् । पाण्डे लगायत तीनदर्जन नगरप्रहरी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् यो समाचार को पुरा भिडियो हेर्न ।

 

यहाँ तल क्लिक गर्नुहोला थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरुको आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजु नाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएको काठमाडौं महानगरले जनाएको छ ।

 

घाइतेको उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।