Friday, June 9
Shadow

शंकर स्टेजमा जादा ढुंगा हान्ने डर ले गित गाउन गाको छैन (भिडियो हेर्नुहोस)

लोकप्रिय दोहोरी गायिका ।

 

बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छु` ट्टिनुको कारणबारे वे` दनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शा`रीरिक र मा`नसिक या“ तना दिएको सुनाइन् ।

 

के के भनिन् त जेरीले अन्तर्वार्तामा ? उनकै शब्दमाः उहाँ दुबईमा छँदा मेरो उहाँसँग गायक प्रदीप रोकामार्फत (मैले टीका लगाएको दाइ) मार्फत चिनजान भएको हो ।हामी भिडियोमा लामो–लामो कुरा गर्थ्यौं । म उहाँप्रति आशक्त बन्दै गएँ ।

 

उहाँ पनि मप्रति माया देखाउनुहुन्थ्यो । हामीबीच भिडियो कलमै प्रेम सुरु भयो । उहाँलाई मैले नेपालमै केही गरौं भनेर आग्रह गरेर बोलाएको हुँ । २०७२ सालको माघ-फागुनबाट बोल्न थालेको हो । मलाई आफूले खोजेको जस्तै मान्छे।

 

पाएको महसुस भएको थियो ।उहाँ नेपाल आएपछि २०७३ साल असोजमा हाम्रो पहिलोपटक भेट भयो । विदेशबाट फर्किएपछि मलाई भेटेर उहाँ घर जानुभयो । त्यसको १३ दिनपछि काठमाडौं आउनुभयो ।

 

मैतीदेवी पछाडि कोठा लिएर बस्न थाल्नुभयो । म उहाँप्रति अति नै क्रेजी थिएँ । उहाँसँग एक पलमात्रै बिताउन पाए पनि म आफूलाई भाग्यमानी सम्झिन्थें ।