Monday, January 30
Shadow

यीनै हुन तेक्वान्दोकी ब्ल्याकबेल्ट नगरप्रहरी: महिला पनि के कम ?

मुसा बिरालोको खेल ।

 

जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्थे नगरप्रहरीले ।

 

साथै सबै सरसामान पनि सोहोरेर लान्थे । जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो ।विभिन्न हन्डर र ठक्कर खाएकी उनले डेढ वर्षअघि नगर प्रहरीको रुपमा जागिर सुरु गरेकी थिइन् । त्यतिबेला फुटपाथको पसल उठाउनु नगर प्रहरीको प्रमुख काम थियो ।

 

लठ्ठी बोक्यो, गुटुङ्टुङ गयो र बिहान बेलुका चुल्हो बाल्नका लागि राखिएका पसल उठायो, कार्यालय ल्यायो र जरिवाना तिरेर फिर्ता गरिदियो ।यही कामका लागि उनी लगनखेल गएकी थिइन् । फुटपाथमा राखिएका पसल धमाधम उठाउँदै गर्दा एकजना वृद्धाको साग र गाजर पनि उठाइन् ।

 

बृद्धाले बिन्तिभाउ गरिन्,‘नानी यस्तो नगरिदिनुस् न,’ तर उनीभि त्रको करुणा उजागर गर्ने छुट थिएन उनलाई । भनिएको थियो, ‘डर देखाउनु, नत्र मान्दैनन्’ । उनले त्यसै गरिन् । ती वृद्धाको सामान गाडीमा हाल्दासमेत ‘दिनु न’ भनेर आग्रह गरिरहिन् तर उनले कठोर भएर ‘आमा अफिसमा नै आउनु’ भनेर बाटो लागिन् ।

 

वृद्धाको मलिन अनुहार उनको मस्तिष्कमा बसिरह्यो ।त्यसपछि उनी ८ घण्टे ड्युटी सकेर घर गइन् । खाना बनाउनेदेखि सानो छोराको हेरचाहमा लागिन् । तर जब खाना खाने बेला भयो, ती वृद्धालाई झल्यास्स सम्झिइन् ।

 

आफूले पनि बिहान–बेलुकाको चुल्हो बाल्नकै लागि खाएको जागिरले कसैको बेलुकाको गाँस खोस्यो कि भन्ने पीरले उनलाई गाँज्यो । खाना खानै सकिनन् । ‘किन नगर प्रहरीमा जागिर खाएछु,’ उनलाई उकुसमुकुस भयो ।