Sunday, March 26
Shadow

रबि लामिछाने को आजै मुद्दा दर्ता (हेर्नुहोस यो भिडियो )

राष्ट्रिय स्वतन्त्र पार्टीका ।

 

सभापति रवि लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै गृह मन्त्रालयमा छानबिनको माग गर्दै निवेदन परेको छ।चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै उहाँमाथि छानबिन गरी कारबाहीको माग गर्दै।

 

शुक्रवार मन्त्रालयमा उजुरी दर्ता भएको हो।मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले मन्त्रालयको गुनासो शाखामा लामिछाने विरुद्ध छानबिनको माग गर्दै निवेदन आएको पुष्टि गर्नुभयो ।उहाँको नागरिकताको विषयमा छानबिनको माग गर्दै ।

 

निवेदन परेको छ। निवेदनको दाबी र प्रमाणका आधारमा मन्त्रालय ले प्रक्रिया अगाडि बढाउँछ उहाँले भन्नुभयो ।लामिछानेको नागरिक ताको विषयमा निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। उजुरीमा उहाँसँग नेपाली नागरिक नभएकाले उहाँको उम्मेदवारी खारेज गर्न माग गरिए पनि आयोगले छानबिन गर्न ।

 

समय नपुगेको भन्दै निवेदनमा गरिएको दाबी हो या हैन भन्नेमा प्रवेशै नगरी टुङ्ग्याएको थियो।उहाँले उम्मेदवारी दर्ताको बेलामा पेस गरेको नागरिकता सार्वजनिक भइसकेको छ । उहाँ अमेरिकी नागरिक रहेको पुष्टि भएसँगै उहाँले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट।

 

निकालेको नागरिकता निष्क्रिय भए पनि उहाँले त्यही नागरिकता प्रयोग गर्दै राहदानी बनाउने, मतदाता सूचीमा नाम लेखाउने, आफू सभापति भएर पार्टी दर्ता गर्ने र उम्मेदवारी दिने काम गरेको भेटियो ।उहाँले अमेरिकी नागरिकको कानूनी हैसियत त्याग्न निवेदन दिए पनि निष्क्रिय भएको ।

 

नेपाली नागरिकता पुन सक्रिय गराउन अपनाउनुपर्ने कानूनी प्रक्रिया नअपनाई पुरानै खारेज भएको नागरिकता प्रयोग गर्दै नेपाली नागरिक समान कानूनी हक प्रयोग गर्दै आएको देखिन्छ ।