चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय ।
स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । छामिछाने ६४१६२ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।
त्यस्तै उनले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।चितवन क्षेत्र न.२ बाट नवनिर्वाचित सान्सद रवि लामिछानेले कहिँ कतै बाटो बिराए खबरदारी गर्न ।
आग्रह गरेका छन् ।आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेल सङग कुरा गर्दै आफू बाटो नबिराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मैले कहिँ कतै बाटो बिराएभने मलाइ खबरदारी गर्नुहोला, म तपाईहरुकै मार्गनिर्देशन अनुसार चल्नेछु, रविले भने ।
सामाजिक संजाल मार्फत रविले आफुलाई फूलमाला अबिर भन्दा पनि भ्रष्टाचारीको सूचना लेखेर ल्याउन अनुरोध गरेका छन् ।उनले भनेका छन् -एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।
म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला।