राष्ट्रिय स्वतन्त्र पार्टीका।
सभापति रवि लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै गृह मन्त्रालयमा छानबिनको माग गर्दै निवेदन परेको छ।चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै ।
उहाँमाथि छानबिन गरी कारबाहीको माग गर्दै शुक्रवार मन्त्रालयमा उजुरी दर्ता भएको हो।मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले मन्त्रालयको गुनासो शाखामा लामिछानेविरुद्ध छानबिनको माग गर्दै निवेदन आएको पुष्टि गर्नुभयो ।
उहाँको नागरिकताको विषयमा छानबिनको माग गर्दै निवेदन परेको छ। निवेदनको दाबी र प्रमाणका आधारमा मन्त्रालयले प्रक्रिया अगाडि बढाउँछ उहाँले भन्नुभयो ।लामिछानेको नागरिकताको विषयमा निर्वाचन आयोगमा समेत उजुरी परेको थियो।
उजुरीमा उहाँसँग नेपाली नागरिक नभएकाले उहाँको उम्मेदवारी खारेज गर्न माग गरिए पनि आयोगले छानबिन गर्न समय नपुगेको भन्दै निवेदनमा गरिएको दाबी हो या हैन भन्नेमा प्रवेशै नगरी टुङ्ग्याएको थियो।