Friday, June 9
Shadow

सुनसरी १ मा घण्टी चिन्हकी सरिनको अग्रता कायमै, पछिपछि अशोक राई

सुनसरी क्षेत्र नं १ ।

 

मा प्रतिनिधिसभातर्फ ३६ हजार ४५ मत गणना सकिएको छ ।निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् ।

 

उनले ७१३५ मत प्राप्त गरेका छन् भने एमाले जसपाका उम्मेदवार अशोककुमार राईले ६१५५ मत पाएका छन् ।यस्तै, गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ५८९६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार ।

 

मनोज मेन्याङ्बोले ४९६२ मत पाएका छन् ।यसै गरी, राप्रपाका उम्मेदवार अशोक राई (अविरल)ले ३९४९ मत, मातृकाप्रसाद भट्टराईले १४८२ मत, तर्कबहादुर मगरले १८८९ मत पाएका छन् ।उता कास्की १ बाट एमालेका ।

 

मनबहादुर गुरुङ विजयी भएका छन् ।गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा रोकिए ।त्यस्तै सङ्खुवासभाबाट ।

 

प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए।

 

कार्की ३४ मतान्तरले विजयी भएका हुन् ।त्यस्तै नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन् । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् ।