महिलालाई लिएर ।
दिएका बयानका कारण योग गुरु रामदेव विवादमा परेका छन् ।शुक्रबार बाबा रामदेवले महिलाको पहिरनबारे टिप्पणी गरेका थिए । महाराष्ट्रमा आयोजित एक कार्यक्रममा राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी अमृता फडणवीसको उपस्थितिमा बाबा रामदेवले महिला ।
भक्तजनलाई लिएर निकै भद्दा बयान दिएका हुन् ।उनले भनेका छन्, ‘सबैको अनुहारमा म खु:शी देख्न चाहान्छु । तपाईंहरु धेरै खु:शी हुनुहुन्छ । भाग्यशाली हुनुहुन्छ तपाईहरु…धेरै सुन्दर देखिनुभएको छ ।
अगाडिकालाई सारी लगाउने मौका मिल्यो पछाडि भएकाहरुलाई मौका मिलने् । सारी आफ्नो झोलामा प्याक गरेर ल्याएका थिए ।बिहान योग गरे, त्यसपछि इन्डिया टिभीको कार्यक्रम भया र अहिले दिउँसोको कार्यक्रम सुरु भयो । अब घरमा गएर लगाउनु । केही फरक पर्दैन् ।
तपाईंलाई सारी लगाउँदा पनि राम्रो देखिन्छ, सलवार सुटमा पनि अमृताजीजस्तै सुन्दर देखिनुहुन्छ र मजस्तै केही नलगाए पनि सुन्दर देखिनुहुन्छ ।मान्छेहरु लाज मानेर कपडा लगाउँछन् । बच्चालाई पहिले कसले कपडा लगाउँथ्यो ? हामी त ८ देखि १० वर्षसम्म नां’ गो घुम्थिम् ।
त्यसपछि बाबा रामदेवको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।थानेमा पतञ्जलि योग पीठ र मुम्बई महिला पतञ्जलि योग समितिद्वारा योग विज्ञान शिविर तथा महिला सम्मेलन आयोजना गरिएको थियो ।
जसमा अमृता फडणवीस र बाबा रामदेव सहभागी भए ।त्यहाँ महिलाहरुले योग पहिरन लगाएर कार्यक्रमपछि हुने आमसभामा सहभागी हुन सारी ल्याएका थिए । तालिम शिविर सकिएलगत्तै बैठक सुरु भएकोले धेरै महिलाले लुगा फेर्न समय पाएनन्, उनीहरु योगा सूट लगाएर शिविरमा सहभागी हुनुपर्यो ।