Thursday, December 8
Shadow

७० करोड घुसको आरोपलाई काभ्रेका जनताले खारेज गरिदिएः गोकुल बास्कोटा

एमाले स्थायी कमिटी ।

 

सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् ।काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई ।

 

खारेज गरिदिएको बताएका हुन् ।‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं ।

 

त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने ।

 

त्यस्तै गुल्मीको क्षेत्र नं १ बाट नेकपा एमालेका उपमहाुचिव प्रदीप ज्ञवालीलाई चौथोपटकको संसद यात्रामा ब्रेक लगाउँदै नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्।मतगणना नसकिदै गणना गर्न बाँकी रहेको मतभन्दा भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो ।

 

 

यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् ।