Sunday, December 4
Shadow

छैठो पटक देउवा प्रधानमन्त्री बन्दै , बधाईको ओहिरो !

डडेल्धुरा, ७ मङ्सिर (रासस ।

 

सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् ।

 

पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र र स्तरोन्नति, सिँचाइ र खानेपानीमा ।

 

सबैको पहुँचका साथै गुणस्तरीय शिक्षा र बेरोजगारी तथा उद्योग, कलकारखाना निर्माणका लागि आशा गरेका छन् । साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउनका लागि होमस्टे निर्माण गरी धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने, ।

 

आत्मनिर्भरताका लागि आधुनिक शिक्षा स्वास्थ्यको पहल गरी विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।डडेल्धुराबाट सातौँ पटक निरन्तरका चुनाव जित्दै आएका देउवाले अब् युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु– १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताउनुभयो ।

 

वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्नका लागि उद्यम शील तालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदानमा उहाँको जोड छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक बाह्र हजार चारसय ९२ मतान्तरले जित हासिल गरेका छन् ।

 

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कूल ५१ हजार दुई सय तीन मतमा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गर्नु।

 

भएको थियो । अर्का उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत ल्याउनुभयो । उहाँलाई नेकपा (एमाले) ले समेत समर्थन गरेको थियो ।