Tuesday, November 29
Shadow

मोरङ क्षेत्र-१ बाट नेता वर्षमान पुन चुनावमा उठ्ने

मोरङ ।

मोरङमा चुनावी सरगमी बढेको छ । सार्वजनिक स्थलहरुमा यस समय आफ्ना निर्वाचन क्षेत्रमा को उठ्छ भन्ने प्रश्न जनता देखी कार्यकर्ता सम्म रहेको छ । मोरङको निर्वाचन क्षेत्र-१ मा भने नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमानले उम्मेदवारी दिने चर्चा चलेको छ ।

क्षेत्र-१ को भुगोलसग आफ्नो परिचय बनाइसकेका नेता बर्षमान पुनलाई नेकपा माओवादी केन्द्रले पुनः एकपटक यस क्षेत्रबाट उम्मेदवारी बनाउने सकेत गरेसगै यति बेला यस क्षेत्रको राजनितिमा पुनको आगमनका बारेमा छलफल र बहस चल्न थालेको छ ।

माओवादी स्रोतका अनुसार हाल विध्यमान गठबन्धन कायम नै रहे मोरङ क्षेत्र-१ मा संघिय सासदको उम्मेदवारका रुपमा वर्षमान पुन आउने सम्भावना रहेको जनाइएको छ । स्रोतका अनुसार गठबन्धनका कारण बर्षमान पुनले यस क्षेत्रबाट टिकट पाएको खण्डमा नेपाली कांग्रेसबाट उम्मेदवारको रुपमा चर्चामा रहेका डिगबहादुर लिम्बू र खड्ग फागोको समेत समिकरण बदलिन सक्ने बताइएको छ ।

यस्तै माओवादीकै अर्का नेता कुलप्रसाद साम्वा र प्रदेश सभा अन्र्तगत (क) र (ख) मा पनि उम्मेदवार नेताहरुको समिकरण बदलिने छ । पुन यस अघि २०७० को संविधानसभा निर्वाचन नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बूसँग पराजित भएका थिए । पुनः यस पटक सोही क्षेत्रबाट उठ्ने चर्चा चलेको छ ।