Sunday, December 4
Shadow

“१० लाख – १० लाख भनेर कमेन्ट गर्नेहरुलाई समिक्षा अधिकारीले यस्तो भनिन”

काठमाडौं :- ।

 

गायिका समिक्षा अधिकारीले आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताएकी छिन् ।फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमाआफ्नी साथीसंगको तस्बिरमा आएका आरोपहरुको खण्डन गर्दै गायिका अधिकारीले आफूले कसैको पनि पैसा नलिएको स्पष्ट पारेकी छिन् ।

 

यो भनाइमार्फत उनले आफूलाई १० लाख रुपैयाँ लिएको आरोपको खण्डन गरेकी हुन् ।मलाई १० लाख १० लाख भनेर कमेन्ट गर्नेहरुलाई म के भन्न चाहन्छु भने, गायिका अधिकारीले भनेकी छिन्– ‘अरुलाई भन्न सजिलो छ ।

 

तर तपाईँहरुको घरमा पनि दिदी, बहिनीहरु हुनुहुन्छ होला ।पछि आफ्नो दिदी बहिनीलाई पर्दा थाहा हुन्छ, हजुरहरुलाई पनि कसैले नराम्रो भन्दा कति पीडा हुन्छ भन्ने कुरा ।’मैले कसैको १० लाख लिएको पनि छैन ।

 

अहिले मलाई जुन आरोप लगाएको हुनुहुन्छ १० लाख लियो भनेर, त्यो झूट हो, गायिका अधिकारीको भनाइ छ – ‘म पनि मान्छे हुँ, कति कुरा त सहन सकुँला, तर सधैँ सहन सक्छु भन्ने छैन नि ।’