Sunday, December 4
Shadow

ओली शक्तिमा आए देश छाडेर भाग्नुपर्ने हुन्छ : माधव नेपाल

नेकपा एकीकृत ।

 

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति आर्जन गरे देश छाडेर भाग्ने अवस्था आउने बताएका छन् ।सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले  ।

 

अ‍ेली नसुध्रिने ठोकुवासमेत गरे । उनले भने, ‘केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस् त्यसपछि देश छाडेर भाग्नुपर्ने हुन्छ ।’एमाले माओवादी एकतापछि बनेको नेकपाकालको स्मरण गर्दै नेता नेपालले ओलीले आफ्नो र प्रचण्डको सुझाव नमानेको बताए ।

 

‘सुझाव सल्लाह पचेन, न मैले भनेको पच्यो न प्रचण्डले भनेको पच्यो, घोच्यो मात्रै पचेन’, नेपालले भने, ‘बोल्यो कि पोल्यो, पोल्दो रहेछ, किनकि उहाँलाई भक्तिभाव चाहिन्छ ।’नेता नेपालले हालै एमाले छाडेका घनश्याम भूसालको उदाहरण दिँदै ओली नसुध्रिने टिप्पणी गरे ।

 

कमरेड घनश्याम बोल्नुभएको भए क्या स्वाद आउने थियो, नयाँ अनुभवसहित’, नेपालले भने,‘हामी त आजित भइसकेको, उहाँ त सुधार्नका लागि बस्नु भएको, सुध्रिन्छन् कि भनेर साबुनपानीले धुन खोजेको खोजै, धुन खोज्दाखोज्दै पार लागेन, लाग्दैन भन्ने मेरो निश्कर्ष थियो ।’