Friday, June 9
Shadow

अन्तत: माओवादीले गर्यो चमत्कार, पहिलो खाता खोल्न सफल !

नेकपा माओवादी ।

 

केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्। यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्।

 

आफू विजयी भइसकेको र अन्तिम परिणाम भने घोषणा हुन बाँकी रहेको दाहालले सेतोपाटीलाई बताए। दाहालले एमालेका मनोजजंग थापालाई हराएका हुन्। ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचन जितेको दाहालले बताए।

 

उनले देशभरी आइरहेको परिणामबारे पार्टीमा गम्भीर समीक्षा गर्न जरूरी रहेको समेत बताए।नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा १३ ठाउँमा जित निकालेर अहिलेसम्मको नतिजामा पहिलो दल बनेको छ।एमाले र राष्ट्रिय।

 

स्वतन्त्र पार्टी ३/३ ठाउँमा चुनाव जितेर दोस्रो स्थानमा रहँदा माओवादी केन्द्रले भने हालसम्म खाता खोलेको छैन। एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जितेका छन्।

 

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिटका लागि भएको निर्वाचनमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले डेब्यू गरेको हो भने कांग्रेसले आफूलाई पहिलो स्थानमा उभ्याएको हो। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस दोस्रो भएको थियो।