Sunday, December 4
Shadow

एका बिहानै घन्टीले काठमाडौं ततायो, जित माथि जित, कहाँ-कहाँ ?

काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

 

काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

 

दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्यो ।काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याए ।

 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत पाइन् ।काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् ।

 

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

 

 

त्यसैगरी काठमाडौं ८को प्रदेशसभाको ’ख’ तर्फ राप्रपाका उद्धव थापा विजयी भएका छन् । उनले ३ हजार ३४९ मत पाए भने उनका निकतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ४ हजार ८७७ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए ।