बुधबार , जेठ ४, २०७९

मिल्ने भए केपी ओलीलाई यो देशका ढुंगामाटो, रुख र बुट्यानले पनि भोट हाल्छन् !

माघ ६, २०७८ बिहिबार 127

झापा भनेको नेपालका ।

अनेक राजनीतिक आन्दोलनको केन्द्र हो । झापाले देशलाई एकसे एक सक्षम नेता दिएको छ । ती मध्ये अग्रणी हुनुहुन्छ केपी शर्मा ओली । केपी ओलीले राजनेताको उचाई हासिल गरिसक्नुभएको छ नेपालमा जिवित अवस्थामै राजनेताको उचाई हासिल गर्ने ।

नेता केपी ओली नै हो ।देश र जनताप्रति केपी ओलीको समर्पण, विकास प्रतिको उहाँको प्रतिवद्धता, देशको स्वाभिमान प्रति उहाँको संवेदनशीलताका कारण जनता उहाँप्रति आकर्षित छन् ।केपी ओली राजनेताको उचाईमा उठ्नु, उहाँको नेतृत्व सर्वसम्मत हुनुको कारणले पनि एमालेप्रति विभिन्न पार्टीका कार्यकर्ताका साथै आम जनताको आकर्षण बढेको हो ।

एमालेमा केपी ओलीका सयौं उत्तराधिकारी छन् । एमालेमा सक्षम योग्य र देश तथा जनताप्रति प्रतिवद्ध नेताहरुको शशक्त टिम छ । यसकारण पनि एमालेमा जनआकर्षण बढेको बढ्यै छ । एमालेले जिल्लादेखि केन्द्रसम्म नेतृत्वकर्ताहरुको यति शशक्त टिम तयार पारेको छ कि त्यसप्रति जनआकर्षण बढेको छ ।

त्यति शशक्त टिममा समाहित हुने चाहना अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुमा हुनु स्वाभाविक हो र स्वागतयोग्य पनि हो । यसकारण पनि एमालेप्रति आकर्षण बढेको बढ्यै छ । झापामा पनि यही देखियो । नेकपा एमालेको शशक्त नेता पंक्तिमा सामेल हुन लायक अन्य पार्टीका एकसे एक नेताहरु नेकपा एमालेमा दमकको कार्यक्रम मार्फत् प्रवेश गर्नुभएको छ ।

दमकको विशेष कार्यक्रममा नेकपा एमाले प्रवेश गर्नुभएका विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा पूर्ण रुपमा समाहित भइसक्नु भएको छ । अब उहाँहरु एमाले परिवारको सदस्य भइसक्नुभएको छ ।अब एमालेलाई शशक्त बनाउँदै अगाडि बढाउने ।

जिम्मेवारी उहाँहरुको काँधमा आएको छ । उहाँहरुले पदीय तथा कामको जिम्मेवारी पाउन थालिसक्नुभएको पनि छ । यस अर्थमा दमकमा एमाले प्रवेश समारोहको महत्व दूरगामी बनेको छ ।

प्रतिकृया दिनुहोस्