Sunday, December 4
Shadow

अब ओलीको समर्थनमा रवि लामिछाने प्रधानमन्त्री

काठमाडौँ ।

देशभरको मत परिणाम आउने क्रम जारी छ । अबको राजनीतिक शक्ति संरचना कस्तो बन्छ भन्ने लगभग स्पष्ट भइसकेको छ । गठबन्धनका बाबजुद कांग्रेसले अपेक्षित शक्ति बढाउन सक्ने देखिएको छ भने एमाले र माओवादीले पनि केही गुमाउने संकेत देखापरिसकेका छन् ।

 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देशको तेस्रो ठूलो शक्ति बनेर उदाउँदै छ । लामिछानेकै विचारसँग मिल्ने पूर्वपञ्च हरुको दल राप्रपाले गतिलै पुनरागमन गर्दै छ ।२०७४ सालको आम निर्वाचनमा समानुपातिकतर्फ।

 

एमालेले ३३.२५ प्रतिशत मत ल्याएर ४१ सिट प्रत्यक्षमा पाएको थियो भने कांग्रेसले ३२.७८ प्रतिशत मत ल्याएर ४० सिट पाएको थियो ।माओवादीले १४ प्रतिशत मत ल्याउँदा १७ सिट हात पारेको थियो । एमालेसँगको गठबन्धन उसलाई निकै फापेको थियो ।

 

प्रत्यक्षमा कांग्रेसभन्दा बढी सिट ल्याएर ५३ सांसदसहित संसदमा उसको बलियो उपस्थिति भएको थियो ।कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर जम्मा ६३ सदस्यीय दल बनेको थियो । जबकि एमालेले प्रत्यक्षमा ८० सिट जितेर १ सय २१ सांसदसहित संसदको झण्डै बहुमतनजिकको पार्टी बन्न पुगेको थियो ।

 

उसलाई बहुमत पुर्‍याउन जम्मा १७ सिट अपुग हुन्थ्यो र त्यो संख्या राजपा वा संघीय समाजवादीमध्ये कुनै एकसँग मात्र मिल्दा पुग्थ्यो ।तर सत्ताबाट एक इन्च पनि पर बस्न नसक्ने लत लागिसकेका प्रचण्डले ओलीको ओत छाड्ने कुरै थिएन ।

 

त्यसमाथि ओलीको स्वास्थ्य कमजोर बन्दै गएको आकलन गरी उनले पार्टी नै मिलाएर आफूसमेत अध्यक्ष बन्ने रणनीतिमा फाइदा देखे । दुई अध्यक्ष भएको पार्टीमा ओलीको स्वास्थ्य खस्किँदै जाँदा आफू निर्विकल्प अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना प्रचण्डले देखेका थिए । ओलीको स्वास्थ्य चामत्कारिक रुपमा सुधार हुँदै गएपछि प्रचण्डको छटपटाहट बढ्यो ।

 

एमालेभित्रैका असन्तुष्ट नेताहरुको साथ लिएर ओलीविरुद्ध कू गर्ने प्रयासमा लागे । अन्ततः कू असफल भयो । अदालतले पार्टी एकता नै बदर गरिदियो र प्रचण्ड आफै अलग्गिन बाध्य भए ।