डडेल्धुरा को ताजा मत प्राप्त भएको छ ।
जस अनुसार १००० गणना गर्दा शेरबहादुर देउवा ४६३ सागर ढकाल (स्वतन्त्र) २४१ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)ले २०९ मत प्राप्त गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ।
जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो।जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ।
नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन्।उता रुपन्देही २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।रुपन्देही २ मा स्वतन्त्र पार्टीले ८६ मतसहित अग्रता लिएको छ ।
सत्ता गठबन्धनको समर्थन पाएको जनमुक्ति पार्टीका उम्मेदवार केशव थापाले ५७ मत ल्याएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री विष्णु पौडेल ५४ मतका साथ तेस्रो स्थानमा छन् ।मतगणना जारी छ ।