नेकपा (माओवादी केन्द्र) ।
का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी निर्णायक शक्तिको रुपमा रहने बताएका छन् । पछिल्लो समय माओवादी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि तल झर्ने चर्चा चलिरहेको बेला दाहालको यस्तो अभिव्यक्ति आएको हो ।पत्रकार ऋषि धमलासँगको संक्षिप्त ।
कुराकानीमा उनले आफ्नो दल निर्णायक शक्तिको रुपमा रहने र सोचेभन्दा परीणाम नखस्किने पनि दाबी गरे । उनले गठबन्धनकै नेतृत्वमा सरकार बन्नेपनि दाबी गरे ।उनले भने,‘माओवादी निर्णायक शक्तिको रुपमा रहन्छ ।
ढुक्क हुनुहोस, पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।’ प्रचण्डले पछिल्लो समय माओवादी सके दोस्रो नत्र तेस्रो तर निर्णायक शक्तिको रुपमा रहने दाबी गर्दै आएका छन् ।र यो पनि
डडेल्धुराको ताजा पात परिणाम प्राप्त भएको छ ।
जस अनुसार १७०१ मत् गन्दा शेरबहादुर देउवा ७८५ सागर ढकाल (स्वतन्त्र) ३९१ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)ले ३५३ मत पाएका छन् भने १२२ मत बदर भएका छन् ।