सपना रोक्का मगर एक्कासी किन भईन् हस्पिटल भर्ना ?

Sport

स्वास्थ्यमा समस्या आएपछि।

बेवारिसेको सेवामा सधै तत्पर हुने समाजसेवी सपना रोक्का मगर बिहानदेखि हस्पिटल भर्ना भएकी छिन। सास फेर्नलाइ गाह्रो हुने अनि बोमिट भएर हल्का बल्ड देखिको कारण अब ३/४ दिन हस्पिटलको रेस्ट गर्नु पर्ने उनले आफ्नो फेसबुकमा उल्लेख गरेकी छिन।पछिल्लो जानकारी अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ भने तेही दिन चिकित्सक को निगरानीमा अस्पतालमै बस्नुपर्ने बताएका छन् ।

समाजसेवी सपना ले बिबिसीमा नाम दर्ज गराईसकेपछी नेपाली बजार तातेको थियो ।उनलाई भेट्न र उनको विचार सुन्न धेरैले साचो व्यक्त गरेका थिए ।बीबीसी विश्वसेवाले विश्वभरका प्रेरणाका स्रोत मानिने एक सय महिलाहरु मध्येमा एक जना नेपाली युवती छानिएकी थिइन् ।

बेवारिसे अवस्था रहेका लासहरुलाई व्यवस्थापन गर्ने संस्थामा आवद्ध १८ वर्षीया सपना रोक्का मगरलाई बीबीसी विश्वसेवाले प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा छानेको हो १२ महिना र कोरोना महामारीको अवधिमा पनि सकृय रहेका मध्ये ।

बीबीसीको ‘बीबीसी १०० वमेन २०२०’ मा परेका एक सय महिलामा फिडल्याण्डको महिला प्रधानमन्त्री सन्ना मरिनदेखि अक्सफोर्ड युनिभरसिटीका कोरोना भाइरसलाई नेतृत्व गर्नेमध्ये एक साराह गिल्बर्ट हुँदै नेपाली चेली सपनासम्म परेका थिए।

Leave a Reply

Your email address will not be published.