Thursday, December 8
Shadow

भक्तपुर–१ बाट खाता ख्ल्यो नेकपा एमाले, बधाई र तारिफको ओहीरो !

५ मंसिर, भक्तपुर ।

 

भक्तपुर–१मा नेकपा एमालेले अग्रता कायम गरेको छ । यसअघि राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुवाती अग्रता बनाएका थिए ।एमालेका गेलालले ८२२ मत पाएका छन् भने राप्रपाका खड्काले ७७६ मत पाएका छन् ।नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ६८४ मतसहित तेस्रो स्थानमा छन् ।

 

 

नेकपा माओवादी केन्द्रका ५०६ मत ल्याएर चौथो स्थानमा छन् । रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् ।

 

 

चौधरीले ७४ मत पाएका छन् ।त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।५ मंसिर, इलाम । इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् ।