Thursday, December 8
Shadow

डडेल्धुरामा ५०० गणना गर्दा सागरलाई ९७ मात्रै, देउबाले कति ल्याए ?

प्रधानमन्त्री शेरबहादुर देउवाको ।

 

गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो। जस अनुसार शेरबहादुर देउवा नेपाली काँग्रेस २३९, कर्णबहादुर  ।

 

मल्ल नेपाली कांग्रेस (वीपी) १४१ सागर ढकाल ९७ मत प्राप्त गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहे को छ।

 

जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो।जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ।

 

नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन्। उता रुपन्देही २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।रुपन्देही २ मा स्वतन्त्र पार्टीले ८६ मतसहित अग्रता लिएको छ ।