बुधबार , जेठ ४, २०७९

चुनावमा पैसाको खोलो बग्न सक्ने

माघ ५, २०७८ बुधबार 162

काठमाडौं, ५ माघ ।

सत्तामा पुग्यो कि अर्थ उपार्जनमा मरिमेटेर लाग्यो । यो प्रवृत्ति घट्नको साटो बढेको बढ्यै छ । चुनाव नजिकिदै गर्दा सत्तामा रहेकाहरु अनेक दुलो खोतल्दै अर्थ जोहोमा लागेका छन् ।केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध निकै बोलेपनि ओम्नी प्रकरण देखि जग्गा लिज प्रकरणहरु भए ।

कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदमा समेत व्यापक अनियमितताको विषय खुल्यो ।काठमाडौंको महत्वपूर्ण जग्गाहरु सस्तोमा भाडामा लगाएर अर्थोपार्जनका क्रियाकलाप भए । वायुसेवा निगमलाई निजीकरण गर्ने योजनावद्ध प्रयासहरु भए ।

विभिन्न नियुक्तिमा पनि ठूलै चलखेलहरु भए । ठेक्का प्रकरणमा मन्त्रीले नै घूसको बार्गेनिङ गरेको खुल्यो । अरबौंको खेलहरु भए ।अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा कमाउने प्रतिष्पर्धा चल्न थालेको छ । मन्त्रीहरु चुनाव नजिकिदै गरेको भन्दै कमाउने ठाउँ खोज्न सहयोगीहरुलाई निर्देशन दिन थालेका छन् ।

विवादमा परेका उद्दोगी व्यवसायी तारोमा परेका छन् । उनीहरुले गरेका गल्ती खोज्दै अप्ठ्यारोमा पार्ने कामहरु भएका छन् । यसमा उद्दोगी व्यवसायीको पनि गल्ती देखिएको छ । यही गल्ती देखाएर प्रहारहरु भइरहेका छन् । बतास प्रकरण चर्चामा छ ।

बतासको हुर्मत लिएर अन्य व्यवसायीबाट असुल्न ठूलै समूह लागे को छ । सरकारी जग्गा लिजमा लिएकाहरु सत्तामा रहेका हरुसँग कुरा मिलाउन थालिसकेका छन् ।बैंकहरुको मर्जरमा पनि ठूलै चलखे लहरु भएका छन् । पछिल्लो समय इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर रोकिएको छ ।

हिमालयन बैंकलाई मर्जरको निर्णयबाट रोक्न सञ्चयकोष संस्थान को प्रयोग अर्थमन्त्री जर्नादन शर्माले प्रचण्डको निर्देशनमा गरेका छन् । यसबाट उनले ठूलै लाभ लिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्