Sunday, December 4
Shadow

ललितपुर–३मा तोसिमाले पम्फालाई घुडा टेकाइ दिइन, घन्टीको जित पक्का !

काठमाडौं, ५ मंसिर ।

 

पछिल्लो मत परिणामअनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पम्फा भुसाललाई उछिनेकिछिन् ।मतपरिणाम अनुुसार नेकपा एमालेका उम्मेदवार अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।

 

उनलाई पछ्याउदै कार्कीले ८७५ मत ल्याएर दोस्रो स्थानमा पुगेकी छिन् । नेकपा माओवादीकी भुसालले ७७५ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले आफू ७ हजार मतान्तरले विजयी हुने दावी गरेका छन् ।

 

मतगणनास्थल धर्मस्थलीमा अनलाइनखबरसंग संक्षिप्त कुराकानी गर्दै खनालले निर्वाचनमा खसेको कुल मत र आफ्नो मतदाताको विश्वास हेर्दा जित निश्चित देखिएको दावी गरे । ‘जित निश्चित छ, दोस्रो उम्मेदवारसंग ७ हजार मतान्तरले विजयी हुन्छु’, खनालले भने, ‘निर्वाचनअघिको ।

 

प्रिपोलमा मेरो पक्षमा २० प्रतिशत अग्रता देखिए पनि कम मत खसेका कारण जित अन्तर घट्ने देखियो ।यो क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो । ५०० सय मत गणना हुँदा खनालले १७२ मतसहित अग्रता लिएका छन् ।

 

उनको प्रतिस्पर्धी एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान १०८ मतसहित तेस्रो स्थानमा छन् ।