Friday, June 9
Shadow

पैसा बाँडेको आरोपमा एमाले काठमाडौं–५ का प्रदेशसभा उम्मेदवारसहित ३ जना पक्राउ भिडियो हेर्नुहोस

काठमाडौँ ।

 

पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । प्रहरीले निरौलासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

 

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ ।

 

नीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।