Sunday, December 4
Shadow

सन्दीपलाई फसाउने युवतीको बयान, पुरा नाम ठेगाना सार्वजनिक

क्रिकेटर सन्दीप लामिछाने यतिबेला पुुर्पक्षका लागि केन्द्रिय का’रागार सुन्धारमा दिन कटाइरहेका छन् । उनीमाथि किशोरीले ज’बरजस्ती क’रणीको मु’द्दा दायर गरेपछि काठमाडौँ जिल्ला अदालतले निर्दोष रहेको भन्न नसकिने भन्दै थुु’नामा पठाउन आदेश दिएको हो ।

 

यता, सन्दीपको घटनको असर क्रिकेटर देव खनाललाई पनि पनि गहिरो गरी परेको छ । सन्दीपमाथि आरोप लगाउने किशोरीसँग देव पहिलेदेखि साथी थिए । देवमार्फत नै सन्दीप र किशोरीको चिनजान भएको हो । तर, जुन घटनामा सन्दीप मुछिए त्यसमा देवको कुनै लेनादेना छैन ।

 

तर, नेपालले यूएइविरुद्ध खेल्ने एकदिवसीय शृङ्खलाका लागि नयाँ कप्तानसहितको राष्ट्रिय टिम दुई दिनअघि घोषणा गर्दा घोषित १४ सदस्यीय टिममा उदीयमान युवा ब्याट्सम्यान देव खनाल अटाएनन् देवले हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

यूएइविरु’द्धको शृङ्खलाका लागि खेलाडी छनोटको मुख्य आधार नै प्रधानमन्त्री कप थियो । तर, यसमा राम्रो प्रदर्शन गर्दागर्दै देव छनोट नहुनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

 

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट खेलेका देव उच्च फर्ममा देखिएका थिए । ओपनिङ ब्याट्सम्यानका रूपमा खेलेका उनले ४ म्याचमा २४९ रन बनाए, जसमा ८३ रनको लोभलाग्दो औसत थियो । लुम्बिनी सेमिफाइनलमा नपुगे पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा उनी दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि तेस्रो स्थानमा छन् ।

 

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले पनि घुमाउरो तरिकाले सन्दीप प्रकरणकै कारण देव खनाललाई टिममा नराखिएको संकेत गरे ।

 

देव खनालप्रति क्यान पूर्वाग्रही हुनुमा सन्दीप प्रकरणमा उनले मिडियालाई दिएको प्रतिक्रिया र सरकारी वकिलको कार्यालयमा दिएको बयान मुख्य कारक रहेको स्रोत बताउँछ । देवले आफू राष्ट्रिय टिममा नपर्नुको कारण थाहा नभएको बताएका छन् ।