राजेन्द्र महतोलाई पर्नु पिर पर्यो, धनुषाबाट लखेटिए !

Sport

काठमाडौँ –।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने दिन नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई दबाब बढिरहेको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न दबाब आइरहेको छ ।यसअघि धनुषा–३ बाट चुनाव जितेका महतोलाई यस पटक सर्लाही र सप्तरीबाट समेत चुनाव लड्न दबाब आइरहेको छ ।

महतोको भित्रि इच्छा धनुषा–३ बाटै चुनाव लड्ने हो । उनले यसका लागि आन्तरिक तयारी पनि गरिसकेका छन् तर उनलाई गृहजिल्ला सर्लाही र नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्रनारायण सिंहको जिल्ला सप्तरीको क्षेत्र नम्बर २ बाट चुनाव लड्न दबाब आइरहेको छ ।पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरुबाट यस्तो दबाब आइरहेको उनी निकट नेताको भनाइ छ । महतोको घर सर्लाही क्षेत्र नम्बर १ मा छ । उनलाई सो क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएको छैन ।

सर्लाहीको क्षेत्र नम्बर १ बाट जसपा नेपालका प्रमोद साह प्रतिनिधिसभा सदस्य छन् । महतोलाई भने सर्लाहीको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न दबाब आइरहेको छ । सो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.अमरेश कुमार सिंह निर्वाचित भएका थिए ।त्यो क्षेत्र लोसपाका अध्यक्ष महन्थ ठाकुरको पुरानो चुनावी क्षेत्र हो । ठाकुर अहिले महोत्तरी सरेका छन् ।

अघिल्लो चुनाव (२०७४) मा सर्लाही–४ बाट लोसपा (तत्कालीन राजपा) का नेता राजेश मिश्र चुनाव लडेका थिए । उनलाई अमरेश सिंहले पराजित गरेका थिए । अहिले सोही क्षेत्रबाट राजेन्द्र महतोलाई चुनाव लड्न दबाब आइरहेको छ ।

Leave a Reply

Your email address will not be published.