Sunday, March 26
Shadow

डीबोर्सपछि बोलिन् जेरि मिडियाहरुले मेरो आगो लागेको संसारको खरानी समेत उडाइदिए, छोरीको कुरा आएपछी आफुलाई समाल्न सक्दिनँ (भिडीयो सहित)

डीबोर्सपछि बोलिन् जेरि ।

 

मिडियाहरुले मेरो आगो लागेको संसारको खरानी समेत उडाइदिए, छोरीको कुरा आएपछी आफुलाई समाल्न सक्दिनँ। लोक गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीको पछिल्लो व्यवहारले उनले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको छर्लंग भएको बताएकी छन् ।

 

धेरै अगाडिदेखि आफुहरुको सम्बन्धमा चिसोपन आए पनि छोरी लगायत विभिन्न कारणले सम्बन्ध जोगाउँदै आएको प्रष्ट्याउँदै उनले दशकौँ लगाएर बनाएको इज्जतमा श्रीमान् शंकरको पछिल्लो व्यवहारले दाग लागेको बताइन् ।

 

बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा सम्बन्ध टुङ्ग्याएकी जेरीले डिभोर्स रहर नभएर बाध्यता भएको बताएकी थिइन् ।अहिलेको सम्बन्ध टुङ्गिए पनि नयाँ आस र बाच्ने आधारको दिन पनि सुरु हुन्छ’ ।

 

उनले रुँदै थपिन् ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन । मिडियाले पनि बाबालाई नछुटाउन भन्नु भएको थियो । तर, श्रीमान्ले अहिलेसम्म एकजोर कपडा पनि।

किनिदिएको छैन ।’दुःख सुख गरेर पनि छोरीको सबै चाहना आफूले पुरा गर्ने उनले सुनाइन् । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।