बुधबार , जेठ ४, २०७९

म संग बिहे गर्न चाहाने पुरुषलाई सोध्ने छु ‘मेरो खुट्टाको पानी खाने हो महोदय ?’

माघ ५, २०७८ बुधबार 361

कस्तो होला ऊ ! को होला ।

कस्ता होलान् रुची ! त्यस दिनदेखि खुल्दुली बढ्यो जुन दिन आमाले घरबाट फोन गरेर भन्नुभयो, ‘छोरी तिमीलाई एउटा केटाको घरबाट कुरा आएको छ । केटो मास्टर्स सकेर जागिर गर्दै रहेछ । खानदानी परिवार नै हुन् रे । जम्मा २ दाजुभाई ।

यससँगै आमाले मेरो पढाइ कस्तो चलिरहेछ भनेर चासो राख्नुभयो । पढाइमा असर नपर्ने भए कुरा अगाडि बढाउने आमाको मनशाय थियो । आमाको कुरासँगै कता–कता मन डराए झैँ भयो । आमाको कुरा सुन्दा अब विहे गर्ने उमेर पुग्यो की जस्तो लाग्यो । तर ‘विहे’ भन्ने चिज सम्झने बित्तिकै काहाली लाग्थ्यो ।

म आफ्नो पढाई सम्झिन्थे, आफ्ना ईच्छा आंकाक्षा सम्झन्थे । आफ्नो कमाइ बा–आमालाई खुवाउने मेरो सपना कतै अपुरै हुन्छ की लाग्थ्यो । चलिरहेको पढाइ बिचमै रोकिन्छ की झैँ लाग्थ्यो । प्रसिद्धी कमाउने मेरा चाहानाले यहीँ कतै बिश्राम मार्छन् की झैँ लाग्थ्यो । विहे आखिर बन्धन नै लाग्थ्यो ।

बन्धन नै भए पनि ‘बन्धन’ भनेर म कहिलेसम्म भागिरहने ? घरकी जेठी छोरी र हजुरबाकी जेठी नातिनी ।एउटा गतिलो केटो पाए हात थमाईदिने आमाको सोच केही समयअघि घर जाँदा नै सुनिसकेकी थिए । हजुरबालाई नातिनीको ।

लगनगाँठो बाँधिदिने ठूलो रहर थियो । सबिता सापकोटा यसअघि पनि विहेका कुरा धेरै घरबाट आएका हुन् तर मलाई मन नभएपछि कुरा अगाडि बढेन । केटो हेर्ने कामै भएन । त्यसपछि पढ्नका लागि म काठमाडौँ आएँ । विहेको कुराबारे अत्तोपत्तो थिएन ।

प्रतिकृया दिनुहोस्